खेलकुद

साफ महिला च्याम्पियनसिपका लागि सबै टोली तयार


काठमाडौँ — मंगलबारदेखि दशरथ रंगशालमा सुरु हुने छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपका लागि सबै टोलीले तयारी पूरा गरेका छन् । सोमबारको प्रि–म्याच कन्फ्रेन्समा सातवटै टिमले आफ्नो तयारी र लक्ष्यबारे कुराकानी गरेका थिए । भदौ २१ देखि असोज ३ गतेसम्म हुने च्याम्पियनसिपको उदघाटन खेलमा घरेलु टोली नेपालले भुटानसँग खेल्नेछ ।

यो खेल मंगलबार साँझ पाँच बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ । विश्व फुटबल महासंघ फिफाले पाकिस्तानमाथि झण्डै पाँच वर्ष र भारतमाथि दुई साताको निलम्बन फिर्ता लिएपछि दक्षिण एसियाका सातै टिमले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन् । यस पटकको मुख्य विशेषता भनेको नेपालले लगातार दोस्रो पटक महिला साफ आयोजना गर्दैछ ।