खेलकुद

केन्यासँगको एक दिवसीय क्रिकेटमा नेपाल बलिङ गर्दै


काठमाडौँ — नैरोवीस्थित जिमखाना मैदानमा केन्याले टस जितेपछि नेपालले बलिङको निम्तो पाएको हो । अघिलला दुई खेल जितेर शृंखला आफ्नो पक्षमा पारिसकेको नेपालले आज टिममा एक जना परिवर्तन गरेको छ ।

तीव्र बलर करण केसीको स्थानमा किशोर महतोलाई टिममा राखिएको छ । नेपालले पहिलो एक दिवसीयमा ७ विकेट र दोस्रोमा १७ रनको जित निकालेको थियो । सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग खेल्न गएपछि नेपाल टिमको कप्तानी रोहितकुमार पौडेलले गरिरहेका छन् । त्यसअघि पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखला नेपालले ३-२ ले जितेको थियो ।