देश

सुन चाँदीको मुल्य बढ्यो

योहो संवाददाता

काठमाडौँ — आज सुनको भाउ तोलामा एक सय रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ९३ हजार ७ सय रुपैयाँ पुगेको छ । यस्तै, चाँदी आज तोलामा १ हजार १ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।