Breaking

माधव नेपालको नाम रौतहटको २ क्षेत्रबाट सिफारिस


काठमाडौँ — नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नाम रौतहटका २ वटा निर्वाचन क्षेत्रबाट नाम सिफारिस भएको छ । उनको नाम क्षेत्र नम्बर १ र ४ बाट सिफारिस भएको हो ।

एकीकृत समाजवादीको रौतहट क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको बैठकबाट अध्यक्ष नेपाललाई प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरिएको छ ।

यहाँ प्रदेश सभा सदस्यका लागि इन्दु झा, प्रेमनारायण साह तेली, डा। सोहैव तैयव, विक्रान्तविक्रम नेपाल, राजेन्द्र साह र शिवजीप्रसाद रायको नाम सिफारिस भएका हुन् । यस्तै जयमंगल प्रसाद यादव, बजरंगी यादव, हरेकृष्ण प्रसाद यादवको नाम पनि सिफारिस भएको छ ।

त्यस्तै प्रदेश सभाको समानुपातिकतर्फ निलम पासवान, रामआधार सिंह, मो. मकसुद राँकी, जहामीर राँकी, मधु सिंह, दिनेश यादव, गिता देवी कुशवाहा, मनरवा देवी पासवान र वसकित राय यादवको नाम सिफारिस गरिएको छ । यस्तै हरिनारायण राय यादव, सिमा देवी, दिनेश राम, रामनरेश प्रसाद यादव, सीतादेवी साह, चन्द्रकला यादवको नाम पनि सिफारिस गरिएको छ ।

क्षेत्र नं. १ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक सहित ४९ जनाको नाम सिफारिस गरिएको हो । क्षेत्र नं.४ बाट प्रतिनिधिसभा सदस्यका लागि अध्यक्ष नेपालसहित र रामकुमार भट्टराई गरी दुई जनाको नाम सिफारिस भएको छ ।