Breaking

नेपालले केन्यालाई १६ हरायो


काठमाडौँ — दोस्रो एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई १६ रनले हराएको छ । नेपालले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको केन्या ४६ ओभर ३ बलमा दुई सय १४ रनमा अलआउट भयो । यसअघि नैरोबीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै दुई सय ३० रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रन बनाए । यस्तै देव खनालले ३७ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए । बलिङतर्फ केन्याका कप्तान शेम एनगोचे र विराज पटेलले दुईरदुई विकेट लिए ।