खेलकुद

नेपाल र केन्याबिचको दोस्रो एकदिवसीय क्रिकेट खेल जारी


काठमाडौँ — नेपाल र केन्याबिचको दोस्रो एकदिवसीय क्रिकेट खेल अहिले जारी छ । केन्याको नैरोबी स्थित जिमखाना स्टेडियममा सुरु भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेका छ ।

नेपालले हिजो भएको पहिलो खेलमा घरेलु टोली केन्यालाई ७ विकेटले हराएको थियो । नेपालले आजको खेल जितेमा श्रृंखला जित्नेछ । तेस्रो तथा अन्तिम खेल पर्सि हुनेछ । यसअघि केन्यासँग भएको पाँच खेलको टि–२० श्रृंखला नेपालले ३–२ ले जितेको थियो ।