देश

कर्णाली प्रदेशमा दुई मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

योहो संवाददाता

काठमाडौँ — कर्णाली प्रदेशका थपिएका माओवादी केन्द्रका दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार प्रदेश प्रमुख तिलक परियारले दुई मन्त्रीलाई शपथ ग्रहण गरेका हुन्। मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरेर प्रदेश प्रमुखको कार्यालयका नाम पठाएका थिए।

यसअघि माओवादीले आफ्ना सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर मन्त्री बन्न बाँकी सांसद शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्री समक्ष सिफारिस गरेको थियो। रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाहको शपथग्रहणसँगै कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने ११ जना माओवादी प्रदेश सांसदमा एक जना उपसभामुख, एक जना गैर–सांसद मन्त्री गरेर जम्मा ११ जना मन्त्री बन्न सफल भएका छन्।