Breaking

फेरी पनि देउवा–ओली–प्रचण्ड मध्ये एक प्रधानमन्त्री ! पुरानालाई हराउने स्वतन्त्रको रणनिति कस्तो ?

योहो संवाददाता

बाठमाडौँ — आगामी मंसिर ४ गते प्रदेश र संघको चुनाव एकैचाटि गर्ने सरकारको निर्णयसंगै विस्तारै तात्न थालेको राजनीतिक माहोल सिट वाँडफाड,उमेद्धार चयनको तहमा पुगेको छ । राजनीतिक दलहरु प्रदेश र संघको निर्वाचन केन्द्रीत बन्दै गर्दा नेताहरु पनि दौडधुपमा लागेका छन । कसरी टिकट पाउने र कहाँबाट चुनाव लड्ने भन्ने रस्साकस्सीमा रहेका उनीहरुमध्ये केहि अन्तिम पटकको निर्वाचन लड्ने तयारीमा छन ।

अर्थात नेतृत्वमा पुस्तान्तरको वहसका वीच यो पटक पनि ठुलो मात्रामा पुरानै अनुहार दोहोरिने तयारीमा देखिन्छ । सत्ता गठबन्धनभित्र सिट वाडफाडको रस्साकस्सी र गठबन्धनले सिर्जना गरेको चुनौती विरुद्ध आवश्यक रणनितिमा व्यस्त एमालेको अवस्थाकावीच टेष्टेडलाई हराउने गरि स्वतन्त्र र नयाँ दल लागि परेका छन । यो समय सम्भावित उमेद्धार नेताहरुको अघि पछि गर्न थालिसकेका छन भने दलहरु पनि चुनावी तयारीमा होमिएका छन ।

जनतासंग जोडिने अभियान सन्चालन गरिरहेका उनीहरु आगामी प्रधानमन्त्रीको समेत टुङ्गो लगाए जसरी अघि बढिरहेका छन । अर्थात संसदीय निर्वाचनमा मुखमा वहस भने आगामी प्रधानमन्त्रीको हुने भन्ने तहसम्म जारी छ । यसरी एकातर्फ अधिंकाश पुरानै नेता सांसदमा दोहोरिने सम्भावनका वीच पुरानै अनुहारहरुले प्रधानमन्त्रीको दावी गरिरहँदा नयाँ अनुहार पनि यो दौडमा छ । स्वतन्त्र रुपमा आफू एक्लो उठ्न लागेका देखि भर्खर पार्टी बनाएका र आगामी निर्वाचनमा त्यो पार्टीलाई राष्ट्रिय पार्टी नै बनाउन धौधौ हुनेहरु समेत प्रधानमन्त्री हुने सपना देखिरहेका छन ।

यो परिस्थितीमा आगामी प्रधानमन्त्री को बन्ला त ? देउवा–प्रचण्ड–ओलीको विकल्प गगन रवी बन्लान ? संसदीय व्यवस्थामा एक्लो स्वतन्त्र चुनाव लड्नेको प्रधानमन्त्री सपना कति सम्भव ? सांसदमा पुराना अनुहार दोहोरिने प्रवल सम्भावनाका वीच युवा नेताको प्रधानमन्त्री बन्ने सफल होला त ? आजको एबीसी चेकमा यी र यस्तै विषय समेटिने छ । सुरु गरौ प्रधानमन्त्रीको दौडधुपमा रहेकाहरुको प्रसङबाट बीबीसीको साझा सवाल कार्यक्रममा सहभागीको रूपमा प्रधानमन्त्री देउवालाई आक्रोशित तुल्याउने गरी प्रश्न सोधेपछि उनी चर्चामा आएका गुल्मीका युवासागर ढकालले देउवालाई चुनौती दिन डडेलधुराबाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।

त्यसको तयारी स्वरुप डडेलधुरा समेत पुगेका ढकाल र उनको समुह आउँदो चुनावपछि ४० वर्ष नपुगेकालाई प्रधानमन्त्री बनाउने अभियानमा छ । त्यसको निम्ति १६५ वटै निर्वाचन क्षेत्रमा ४० वर्षभन्दा कम उमेरका उम्मेदवारको खोजी भइरहेको उनको बताउने ढकाल ’हजुरबुवा पुस्तालाई आराम दिनुपर्ने’ अभियान चलाइरहेका हुन । वेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट मास्टर्स सकेर उनी आफै पनि अभियान सफल भए प्रधानमन्त्री बन्ने तयारीमा छन । सन्चार क्षेत्र छोडेर दल नै गठन गरी राजनीतिमा होमिएका रवी लामिछाने पनि यो पल्ट वाहरुलाई रोक्ने अभियानमा छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अब विदा गर्नुपर्ने बताएका छन् । उनले पछाडि ‘बा’ भएका तीन जनालाई ससम्मान विदा गर्नुपर्ने भन्दै उनीहरुको नाम लिएका छन । निर्वाचनको तयारी र संगठन विस्तारका लागि देशभर नै दौडधुप गरेका उनले आगामी निर्वाचनबाट स्वतन्त्र पार्टीले बहुमतको सरकार, अर्को पटक दुई तिहाईको बहुमत ल्याउने अपेक्षा राखेको बताँउदै आएका छन । देशको नेतृत्व गर्न पाए बेथितिको चङ्गुलबाट देशलाई मुक्त गराउने दाबी गरेका उनको दौडधुप पनि देशको प्रधानमन्त्री बन्नेमै छ ।

उनीमात्र हैनन् स्वयम पार्टीभित्र पनि अव पुराना अनुहारलाई विदा दिनुपर्ने माग वलियो बन्दै आएको छ । असंगठिट रुपमामा नै सहि पूर्वप्रधानमन्त्री हराउ अभियानै सन्चालन भईरहँदा पार्टीभित्र पनि युवाहरु नेतृत्वका लागि तयारी गरिरहेका छन । जसको उदाहरण कांग्रेस महामन्त्री गगन थापा पनि हुन । थापाले प्रधानमन्त्रीका रुपमा गगनले आफूलाई तयार गर्दै गर्दा सरकार सञ्चालनका लागि भन्दै प्रोजेक्ट गभर्मेन्टको काममा तल्लीन छन् । यहिवीच कांग्रेसकै अर्का नेता चन्द्र भण्डारीले कांग्रेसमा नयाँ नेतृत्वको खाँचो रहेको बताएका छन् । उनले नेपाली कांग्रेसमा पनि परिवर्तनको खाँचो रहेको बताए। अहिले भएका नेतृत्व तहबाट आगामी दिनमा मुलुक अघि बढ्न नसक्ने उनको दाबी छ ।

नेता भण्डारीले सत्ताको स्वार्थको लागि मात्रै गठबन्धन गर्न खोजिएको हो भने त्यो नटिक्ने दाबी गरे। उनले देशका १८ वर्षभन्दा माथिका युवाहरु विदेश पलायन भएको स्मरण गराउँदै यो नेपालको राजनीतिको ठूलो चुनौती भएको उल्लेख गरे ।
यसरी वाहिर स्वतन्त्र र साना तथा नयाँ दल तथा पुराना दलकै भित्र पनि नयाँ अनुहार नेतृत्वका लागि तयारी गरिहँदा पार्टीभित्र भने पुरानैलाई अघि सार्ने कार्य सुरु भईसकोे छ । उनीहरुको यो दौडधुपकावीच प्रमुख प्रतिपक्षी एमालेले पनि आगामी प्रधानमन्त्री को बन्ने भन्ने निर्णय नै गरिसकेको छ ।

केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गर्ने गरी चुनावी अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गरिसकेको छ । एकातर्फ सत्ता गठबन्धन र अर्कोतर्फ स्वतन्त्रको चेपुवामा परेको एमालेले उनीहरु भन्दा फरक बन्ने भन्दा प्रधानमन्त्रीमा पुरानै अनुहार दो