खेलकुद

टोटेनहमको सहज जित


काठमाडौँ — इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हटस्परले नटिङघम फरेस्टमाथि सहज जित निकालेको छ । दि सिटी ग्राउन्ड नटिङघममा आइतबार राति टोटेनहमलाई जिताउन ह्यारी केनले दुई गोल गरे । खेलको पाँचौं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले अघि रहेको टोटेनहमले दोस्रो हाफमा थप एक गोल गर्‍यो । खेलको ८१औं मिनेटमा केनले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टोटेनहमलाई २–० को सहज जित दिलाए । त्यसअघि खेलको ५६औं मिनेटमा केन पेनाल्टीमा चुकेका थिए । यो जितसँगै ४ खेलबाट तेस्रो जित निकालेको टोटेनहम तेस्रो स्थानमा छ। समान १० अंक भए पनि आर्सनल र म्यानचेस्टर सिटी गोल अन्तरका आधारमा शीर्ष दुईमा छन् । पराजित नटिङघम ४ अंक जोडेर तालिकाको १४औं स्थानमा छ ।