Breaking

प्रचण्डको फेरि काँग्रेसलाई धम्की, काँग्रेस नेताले दिए उल्टै चुनौती, प्रचण्ड बाहिरिदा काँग्रेस फाइदामा

योहो संवाददाता

काठमाडौँ — सिट बाँडफाँडका लागि कार्यदल बनाएको २३दिन पुगि सक्दा समेत गठबन्धनले अझै भागबण्डा टुंग्याएको छैन ।ठिक यसै बेला शीर्ष नेताहरु नै डर धम्की देखाएर माहोल बनाउन खोजिरहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि काँग्रेसलाई धम्कीदिए । भागबण्डामा काँग्रेसको जिद्दी कायम रहे, र अन्य दललाई उपेक्षागर्ने प्रयास भए वामतालमेलमा जाने धम्की प्रचण्डको छ ।किनकि काँग्रेस गठबन्धनबाटै चुथ्याएर सय सिट लिने दाबीगरिरहेको छ ।तर प्रचण्डहरु ८० सिटभन्दा बढी काँग्रेसलाई पोस्ने पक्षमा छैन । यसैकारण भागबण्डाको किचलो चलिरहेकै बेला प्रचण्डले वर्तमान परिस्थिति नबुझे र शक्तिको सही मूल्यांकन गर्न नसके एमाले बाहेकको अर्काे गठबन्धन बन्ने चेतावनी दिएका हुन् । तर काँग्रेसहरु प्रचण्डको धम्कीबाट डराउनुको सट्टाउल्टै निर्णय लिन छुट रहेको बताइरहेका छन् ।

यसको मतलब प्रचण्डहरु गठबन्धनबाट छुट्टीएर गएपनि काँग्रेसलाई फरक पर्दैन भन्ने उनीहरुको बुझाई हो । किनकि प्रचण्डले भने जस्तै एमाले बाहेकको अर्का गठबन्धन बन्दाकाँग्रेस एक्लै चुनावमा जाने वातावरण बन्नेछ । शेखर कोइराला सहितका धेरै नेताहरुको चाहना पनि यहीहो । यसो गर्दा काँग्रेसलाई आन्तरिक व्यवस्थापन गर्न सहज हुनेछ भने त्रिपक्षिय भिडन्तले एउटा मतसिर्जना गर्नेछ । दलहरुको वास्तविकशक्ति परिक्षण पनिहुनेछ ।तर बाहिर धम्कीको भाषा बोले पनि गठबन्धन गर्ने पर्ने बाध्यतामा रहेका माओवादी सहितका दलहरु समस्या देखाएर पन्छिन पर्ने अवस्था नरहेको बताउँछन् ।

समानुपातिक निर्वाचन प्रणालीको बन्द सूची असोज २ र ३मापेश हुने भएपनि गठबन्धन सिट बाँडफाँडको टुंगोमा अझै अलमल छ ।उतामाओवादी केन्द्रकै चुनाव चिन्हबाट चुनाव लड्न तयारी गरेका वामदेव गौतम सहितका नेताहरुको व्यवस्था गठबन्धनका लागि घाडो बनेको छ । वामदेवकै व्यवस्थापनका लागि जनमोर्चाकी सांसद् दुर्गा पौडेललाई प्युठान छोड्न लगाउने र राष्ट्रियसभामा सिफ्ट गर्ने प्रचण्डको प्रस्ताव पनि जनमोर्चाले लत्याएपछि योजना फेल खाएको छ । गठबन्धनले बाँडफाँडका लागि बनाएको कार्यदलको हविगत हेर्दा चुनावसम्मै सहयात्रा पुग्ला भन्नेमै शंका छ ।उतापाँच दल विरुद्ध एक्लै लड्ने तयारी गरेको एमाले झर्ला र खाउलाको पर्खाइमा छ । फलतः अनेक शंका र डर धम्कीमा चलिरहेको गठबन्धनमा मुख भन्दा गाँस ठूलो भएपछि गडबडको सम्भावना बढेको छ ।