काठमाडौँ — चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले आफ्नो अनसन दुई साताका लागि स्थगित गरेका छन् । ६बुँदे माग अघि सार्दै डा. केसीले आज १२ भदौदेखि आमरण अनसन बस्ने घोषणा गरोक थिए । आफूले अघि सारेका मागअनुसार काम गर्न सरकारले केही समय मागेकाले सत्याग्रहको कार्यक्रम दुई साता सारिएको डा। केसीले बताए । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर डा। केसीले भनोका छन्, यसबीच ती सबै कामहरू नभएमा यही भाद्र २७ गतेदेखि सत्याग्रह शुरु गर्ने जानकारी गराउंछौं ।
प्रेस विज्ञप्तिः
हामी लामो समयदेखि मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र न्यायका लागि संघर्ष गरिआएका छौं । यसबीच मेडिकल शिक्षा सुधारमा केही प्रगति भए पनि देशको स्वास्थ्य क्षेत्रको अवस्था दिनानुदिन खस्कँदै गएको छ । देश संघीयतामा गएर स्वास्थ्य सेवाको विकेन्द्रीकरण भएपछि देखिएका तथा बल्झिएका विभिन्न समस्याहरु र तिनका कारण दुरदराजका नागरिकहरुबाट खोसिंदै गएको स्वास्थ्य सेवाबारे पनि हामीले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएका छौं ।
यसैबीच सरकारले हामीसित बारम्बार सम्झौता गरे पनि तीमध्ये धेरैको अझसम्म पनि कार्यान्वयन गरेको छैन । यस अगाडिको ओली सरकारले माफियाहरुको स्वार्थमा कानुन बनाउनेदेखि नियामक निकायका पदाधिकारीहरुलाई धम्क्याउने तथ�


प्रतिक्रिया