खेलकुद

केन्याविरूद्ध बलिङ गर्दै नेपाल


काठमाडौँ — केन्याविरूद्धको दोस्रो टी -२० मा नेपालले पहिले बलिङ गर्ने भएको छ । नैरोबीस्थित जिमखाना क्लब मैदानमा हुने खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको हो । खेलमा विवेक यादवको स्थानमा बसिर अहमदले स्थान बनाएका छन्। यससँगै उनले टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गर्ने भएका छन् ।

नेपाली टिम सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, बसिर अहमद, पवन सर्राफ, आदिल अन्सारी यसअघि हिजो भएको पहिलो टी-२० नेपालले घरेलु टिम केन्यालाई ५ विकेटले पराजित गरेको थियो । सिरिज नेपालका लागि टी-२० वरीयता सुधार गर्न र नयाँ प्रशिक्षक मनोज प्रभाकरलाई नेपाली खेलाडी चिन्न महत्वपूर्ण हुने विश्वास गरिएको छ ।

प्रशिक्षक प्रभाकरले जिम्मेवारी सम्हालेसँगै नेपालले केन्यामा पाँच टी(२० र तीन एकदिवसीय खेल खेल्न लागेको हो । नेपालले तेस्रो खेल भदौ १२ गते, चौथो खेल भदौ १३ र अन्तिम खेल भदौ १४ गते खेल्नेछ । यस्तै तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते खेल्नेछ ।