Breaking

विवादपछि किरण पहिलो पटक मिडियामा,विगतबिर्सेर नयाँतरिकाबाट अघि बढ्ने खेलाडीको योजना


काठमाडौँ — लामो समयदेखि मैदानबाहिर रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरु अहिले बन्द प्रशिक्षणमा व्यस्त छन् । देशमाकुनै फुटबल गतिविधिनभएको अवस्थामाभारतको लोकल टुनामेन्टमा देखिदै आएका खेलाडी मैत्रीपूर्ण खेलकालागियतिबेलाअभ्यासमाव्यस्त छन् । बंगलादेशसँगको मैत्रीपूर्ण खेलकालागि नेपाली फुटबल टोलीविगत एक सातादेखि बन्द प्रशिक्षणमा छन् ।कार्यवाहकप्रशिक्षकप्रदीपहुमागाईंको निर्देशनमाललितपुरस्थितलगनखेलको आर्मी मैदानमा खेलाडीहरु दैनिकदुई घण्टा निरन्तर अभ्यास गरिरहेको देख्न सकिन्छ ।

नेपालको यस पटकको अभ्यास खेलमा धेरै कुराले नयाँ छ । पहिलो पटक राष्ट्रिय टोली सम्हालिरहेकाप्रशिक्षकको टोलीनयाँ र विवादपछि बन्द प्रशिक्षणमा फर्किएका खेलाडीहरुभित्रको जोश र त्यो अठोटमा नयाँ । प्रशिक्षक र खेलाडीमापाएको अवसरलाई केही गरेर देखाउने विश्वास झल्किन्थ्यो । उनीहरुले यसलाई नयाँ सुरुवातका रुपमा हेरेका छन् । धेरैपछि घरेलु मैदानमा नै फुटबल फर्किएको हुँदा नेपालको फुटबल संरचनाअनुसार अभ्यास राम्रो भइरहेको र अवसरभन्दापनि बढि जिम्मेवारी बोध भएको प्रशिक्षक बताउँछन् । नेपालमा फुटबल व्यवसायीकभई नसकेको हुँदाआफूहरु कलिलै भएको र अझै सिक्ने क्रममा नै रहेको बताउँछन् ।

खेलाडी विवादपछि पहिलो पटक सञ्चार माध्यममाआफ्नो कुरा राखेका कप्तान किरण चेम्जोङले अल्मुताईरीले आफ्नो इगोका कारण नेपाली टिम बिगारेको आरोप नै लगाए । आफूलाई टिममा नराखेको भन्दापनि बढि टोलीबिग्रिएकोमादुखलागेको बताएका चेम्जोङले आगामी खेल जित्नकै लागि खेल्ने पनिबताए ।

राम्रो खेल्दा खेल्दै पनि टोलीबाट बाहिरिएका खेलाडीहरु बन्द प्रशिक्षणमा पुनफर्किदा निकै खुशी र उत्साहित छन् । अहिलेको अभ्यास खेलले आगामीदिनमाहुने घरेलु लिगप्रतियोगितालाई पनि सहयोग गर्ने खेलाडीको धारणा छ । अब विगतका कुरा बिर्सेर नेपाली फुटबललाई नयाँतरिकाबाट अगाडि बढाउनु पर्ने ती खेलाडीहरुको योजना रहेको छ ।

असोज ११ माहुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलकालागिकार्यवाहकप्रशिक्षकको जिम्मेवारी नेपालीमुलका अमेरिकीनागरिक प्रदीपहुमागाईलाई एन्फाले प्रदान गरेको छ । मुख्यप्रशिक्षकअब्दुल्लाअल्मुताईरी स्वास्थ्यावस्थाका कारण विदामा रहेको भन्दै एन्फाले प्रशिक्षकमाहुमागाईलाई नियुक्त गरेको हो । तर,अल्मुताईरीले भने मैत्रीपूर्ण खेलकालागिविवादमा परेका खेलाडी अञ्जन विष्टसहितका खेलाडीलाई उपलब्ध गराउनभन्दै एन्फासमक्षमाग गरेका थिए ।

विवादित खेलाडीलाई राष्ट्रिय टिममा बोलाउने निर्णय गरेको एन्फानयाँ नेतृत्वले आफ्नो निर्णयविरुद्ध खेलाडी राष्ट्रिय टिममा पर्ने डरले हुमागाईलाई प्रशिक्षकको रुपमानियुक्तीदिएको जानकारहरुको बुझाई छ । यसले खेलाडी छनोटमा एन्फाभित्र राजनीतिहुने कुरालाई थप बल दिएको छ ।