खेलकुद

नेपाललाई केन्याले दियो १३१ रनको लक्ष्य


काठमाडौँ — पहिलो टी-२० मा घरेलु टिम केन्याले नेपाललाई १३१ रनको लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखाना क्लब मैदानमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको केन्याले २० ‌ओभरमा ७ विकेटको क्षतिमा १३० रन जोड्यो । केन्याका लागि इरफान करिमले ४४ बलमा ३४ रन जोडे। त्यसअघि ओपनर एलेक्स ओबन्डा ६ रनमा सोमपाल कामीबाट बोल्ड भए। यस्तै कोलिन्स ओबुया १२ रनमा आउट भए ।

राखेप पटेललाई नेपालका सन्दीप लामिछानले ९ रनमा एलबिडब्लूको धरापमा पारे । नेल्सन ओधिएम्बो १९ रनमा आउट भए । यस्तै सचिन भुडियाले १५ बलमा १७ रन जोडे। उनले नेपालका कप्तान सन्दीप लामिछानलाई १८ ओभरमा २ छक्का हिर्काएका थिए । यस्तै लुकासले १२ बलमा ५ चौका र १ छक्कासहित नटआउट ३० रन जोडे । बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिए। उनले ४ ओभरमा २२ रन खर्चिए ।

कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे भने आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । नेपालले केन्यामा पाँच टी(२० र तीन एकदिवसीय खेल खेल्न लागेको हो । नेपालले पहिलो आज पहिलो टी–२० खेलेपछि दोस्रो खेल भोलि खेल्नेछ भने तेस्रो खेल भदौ १२ गते खेल्नेछ।
चौथो खेल भदौ १३ र अन्तिम खेल भदौ १४ गते खेल्नेछ । यस्तै तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते खेल्नेछ ।