कोरोना विशेष

सिद्धेश्वरी माविका १९ विद्यार्थीमा कोरोना संक्रमण


काठमाडौँ — सल्यानको बनगाड कुपिण्डे नगरपालिका १२ मा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका १९ जना विद्यार्थीमा कोरोना भाइरस कोभिड–१९० को संक्रमण देखिएको छ ।

९९ जनामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले जानकारी दिए । सो विद्यालयका १०० भन्दा बढी विद्यार्थी बिरामी परेको खबर बाहिरिएसँगै बुधबार नगरपालिकाको स्वास्थ्य शाखाको टोली विद्यालयमा पुगेको थियो ।