Breaking

४२ दिनमै बिक्यो ५ लाखभन्दा बढी टिकट, सबैभन्दा बढी कुन राष्ट्रको खेल हेर्न चाहन्छन् समर्थक ?


काठमाडौँ — यसै वर्ष कतारमाहुने विश्वकप हेर्नका लागिखुलाइएको तेस्रो चरणको टिकट खरिद फिफाले ५ दिन अघि बन्दगर्याे । छोटो समयकालागिखुलाइएको टिकट खरिदमा २२ औं संस्करणको विश्वकप हेर्न हालसम्मसाढे २४ लाखदर्शकले टिकट खरिद गरिसकेका छन् । फिफाविश्वकप २०२२ आउनतीनमहिनाबाँकी छ । तर, विश्वकपको रौनकभने अहिले देखि नै सुरु भइसकेको छ । विश्वकप खेल हेर्नका लागिअहिले नै संसार भरका साढे २४ लाखमानिसले आफ्नो स्थानपक्कागरिसकेका छन् । फिफाले जनाएअनुसार २४ लाख ५० हजार दर्शकले कतार विश्वकपकालागि टिकट काटेका छन् ।

जुलाई ६ देखि १६ अगस्ट सम्ममात्रै खुलाइएको टिकट बिक्रीमापहिल्लो बिक्रीको तुलनामा ५ लाखभन्दा बढीले टिकट खरिद गरेको फिफाले जनाएको छ । ४२ दिनको यो अवधिमामात्रै ५ लाख २० हजार ५ सय ३२ टिकट बिक्रीभएको हो । फिफाकाअनुसार समूह चरणमा सबैभन्दा बढी विश्व फुटबलको पावर हाउस ब्राजिलको खेल हेर्न समर्थकले टिकट सुरक्षित गरेका छन् । समूहजीमा रहेको ब्राजिलविरुद्ध सर्विया र क्यामरुनविरुद्धको खेल हेर्न समर्थकहरु इच्छुक देखिएका छन् ।

फुटबलका महान् हस्तीमध्ये एक क्रिस्टियानो रोनाल्डोले कप्तानीगरिरहेको पोर्चुगल र पहिलो विश्वकपविजेताउरुग्वेको खेल हेर्न पनिदर्शकहरु उत्साहित छन् । त्यस्तै कोस्टारिकाविरुद्ध जर्मनी र अष्ट्रेलियाविरुद्ध डेनमार्क जस्ता खेलकालागिपनिसबैभन्दा बढी टिकट छुट्याइएको छ । सबैभन्दा धेरै टिकट काट्ने राष्ट्रहरुमा अरबी, अमेरिकी र युरोपियनमुलुकका राष्ट्रहरु रहेकाछन् । त्यसपछि आयोजककतारसहित साउदी अरेबिया, अमेरिका, मेक्सिको, संयुक्त अरब इमिरेट्स, इङ्गल्याण्ड, अर्जेन्टिना,ब्राजिल, वेल्स र अष्ट्रेलिया रहेका छन् ।

त्यहाँबसोबास गर्ने समर्थकहरूले सबैभन्दा धेरै टिकटहरू सुरक्षित गरेको फिफाले जानकारी गराएको छ । अहिलेसम्मपनि टिकट काट्न नपाएकावा टिकट प्राप्तगर्न नसकेकाहरुकालागिफिफाले सेप्टेम्बरको अन्त्यतिर अर्काे चरणको टिकट बिक्रीगर्ने घोषणा गरेको छ । फिफाकाअनुसार अन्तिम चरणको टिकट बिक्रीपश्चातकतारको दोहामा ‘ओभर द काउन्टर’ बिक्रीपनि सुरु गरिने छ । कतार विश्वकपफिफाको नियम नै बदलेर हुनगइरहेको छ ।

जुनजुलाईको समयमानियमितहुँदै आएको विश्वकपकतारमाहुने अत्यधिकगर्मीका कारण जाडो याममा सारिएको हो । यसअघि नोभेम्बर २१ देखि हुने भनिएको विश्वकपको उद्घाटन खेल पूर्व निर्धारित सयमभन्दा एक दिन आगाडि सारिएको छ ।आयोजक राष्ट्र कतारले नोभेम्बर २० माइक्वेडरबिरूद्धको खेल खेल्दै प्रतियोगिताको सुरुवातगर्नेछ ।