Breaking

लोसपाका प्रदेशसभा सदस्य प्रल्हाद गिरी एमाले प्रवेश


काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टीबाट मधेश प्रदेशसभा सदस्य प्रल्हाद गिरी नेकपा एमालेमा प्रवेश गरेका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित गिरी शनिबार नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनलाई काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

उनीसँगै नेकपा एकीकृत समाजवादी निकट युवा संघका सचिव अरूण यादव, जसपा निकट समाजवादी विद्यार्थी युनियनका सचिव सुजित गिरी पनि एमाले प्रवेश गरेका छन् ।