कोरोना विशेष

पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना भाइरस संक्रमण


काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ६७० पीसीआर परीक्षणमा १८० र २ हजार ६६७ एन्टीजेन परीक्षणमा ११९ जनामा संक्रमण देखिएको हो ।

२४ घण्टामा जम्मा ४ हजार ३३७ नमुना परीक्षण भएको थियो । २४ घण्टामा निको हुनेको संख्या भने ५७७ र २ जनाको मृत्यु भएको छ । शनिबारसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ६२५ रहेको छ ।२४ घण्टामा १८ हजार ६७० जनाले खोप लगाएका छन् ।