Breaking

उपत्यकाकाका अव्यवस्थित प्लटिङ र पहिरो (फोटोफिचर)


काठमाडौँ – शहरमा खाली ठाँउ छैन । जग्गा व्यवसायीले काठमाडौँ उपत्यकाकाको काँठका कुनाकाप्चा र पहाडका कान्लामा समेत जग्गा प्लटिङ गरिसकेका छन्।

पहाडका भीरमा सरकारी मापदण्ड र अनुमति बिना बनाइएको यी प्लटिङ वर्षाको पहिरोले बगाएको छ। बर्खे भेल पस्दा सबैजसो प्लटिङ काम नलाग्ने भएर बगेको छ।

पहिरोका कारण सबैजसो प्लटिङमा बसोवास गराउँदा ठूलो क्षति हुने सम्भावना छ। स्थानीय सरकारसँग जग्गा सम्याउने अनुमति लिएर व्यावसायीले मालपोतसँग साँठगाँठ गरेर जग्गा कित्ताकाट गरेर प्लटिङ गर्दै आइरहेका छन्।

बर्खायाम लागेपछि बस्ती जोखिममा परिरहेका छन् । काठमाडौंका सिमित क्षेत्रमात्र होइन, प्लटिङको समस्या उपत्यकाभर नै छ । प्लटिङले उत्पन्न गराएको समस्याप्रति स्थानीय सरकार मौन छ ।

प्लटिङ गरिएका जग्गामा पहिरो गएको छ भने बस्ती नै जोखिममा परिरहेको छ । न्युज एजेन्सी नेपालले आजको फोटो फिचरमा यिनै समस्यालाई दृश्यचित्रमा कैद गरेको छ । ललितपुरमा अवैध प्लटिङ गरिएका स्थानमा गएको पहिरो (फोटो फिचर)