Breaking

बालेन र हर्कको जुहारीको चर्चा संसदमा

योहो संवाददाता

काठमाडौँ — काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरबीच चलेको जुहारीको चर्चा संसदमा पनि चलेको छ । नेकपा एमालेका सांसद कृष्णकुमार राईले दुई मेयरबीचको जुहारीको विषय संसदमा उठाएका हुन् ।

उनले फोहोर व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाले प्रभावकारी काम नगरेको बताए । केबल फोहोर विसर्जनस्थलमा माटोले पुर्ने मात्र काम गरेको आरोप लगाए ।

साम्पाङले बुधबार साँझ फेसबुकमा आफू काठमाडौँ नगएको भए काठमाडौँको फोहोर उठ्ने थिएन रहेछ भन्दै स्टाटस लेखेका थिए । उनको पोष्टमा बालेनले प्रतिक्रिया दिएका थिए । उनले साम्पाङकै शैलीमा लेखेका छन्, ‘हो नि तपाईंकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’