काठमाडौँ — काठमाडौंको फोहोरको व्यवस्थापनहुन नसक्दा यहाँका स्थानीय त मर्कामा परेका छन् नै, तर मुलुकको राजधानीनै यही भएकाले यसको दुर्गन्ध देशभर फैलिएको छ । अहिले फोहोरको विसर्जन बालेन भर्सेस राजनीतिक दल बनेको छ । मंगलबार अपरान्हनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले मुटुमै घोच्ने प्रहार गरे ।
एउटा हराम ठेकेदारको घरमा बसेर अंगरक्षक बनेको बताएपछि बालेनको कटाक्षमा समर्थन ओइरो लाग्यो ।बालेनले भिडिओसहित सार्वजनिक गरेको टिप्पणीमा भनेका, ‘श्रीमान प्रचण्ड ज्यू, उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अंगरक्षकजस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’
किनकि काठमाडौंको फोहोर व्यवस्थापनमा भइरहेको दुर्गन्धित राजनीतिमा प्रचण्डकै घरबेटीको मनोमानीले झनै समस्या थपेको छ । सिसडोल–बञ्चेरडाँडा अन्तर्गतको सडक बनाउने ठेक्का पाएकाशारदा अधिकारीले ८ बर्षसम्म पनि अलपत्र पारेपछि उनै कामचोर ठेकेदारका कारण बालेनको झट्का प्रचण्डले नि भेटेका हुन् । त्यसलगत्तै बालेनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर फोहोर व्यवस्थापनमा सत्तापक्षबाटै अवरोध भएको आरोप लगाएका थिए । ठिक यसैबेला अधिकारीको शैलुङ कन्ट्रक्सनले पाएको ठेक्कासमेत रद्द भएको छ ।
उता बाटो बनेको छैन, यता प्रत्येक दिन स्थानीयको अवरोधले काठमाडौंको फोहोर व्यवस्थापन विश्वयुद्धकै हालतमा छ । किनकि आजभोलि हरेक दिन फोहोर मात्रै बञ्चरेडाँडा पुगिरहेको छैन, काठमाडौंबाट प्रहरीका भरुवा गण, अश्रुग्यासकासिलप्याकहरुसमेत गएर बञ्चरडाँडामा विष्फोट भइरहेका छन् ।बुधबार दुई एसएसपीको नेतृत्वमा काठमाडौंबाट सुरक्षाफौज टोली पुगेपछिमात्रै फोहोर विसर्जन सम्भव भएको थियो ।स्थानीयबासी भने, ढुंगा, मुडा र गुलेली बोकेर अवरोध गरिरहेका छन् ।
स्थानीय र सरकारीवादीसँग आजसम्म भएका एक सय ७४ सम्झौतामा राजनीतिक रंग भरिएपछि बञ्चरेडाँडा फोहोर व्यवस्थापन केन्द्रभन्दा बढी रणभूमि बनिरहेको छ । तर सत्तापक्षहरु यसलाई बालेनको असफलताका रुपमा ब्याख्या गरिरहेका छन् । चौतर्फी बालेन असफल भइरहेको चर्चा चुलिएका बेलाकाम गर्नै नसक्ने वातावरण बन्दै गएको छ ।
बालेन पनि कसैसँग झुकेर नभइ अब टक्करमा गएर अघि बढ्ने नीतिमा छन् ।फलतः प्रचण्ड–देउवासँग भिडेरै भएपनि आफुमाथिको दोषको भारीकम गर्ने उनको योजना देखिन्छ । तर विगतमा प्रचण्ड, देउवा र ओली जस्ता पार्टीका व्यक्तिले काम नगरेकै कारण आफुलाई जिताएका हुन् भन्ने तर्फ बालेनको ध्यान गएको छैन ।
किनकि अहिले त एकमहिनासम्म फोहोर काठमाडौंका सडकमा थन्क्याउने, अनि एकहप्ता स्थानीय र प्रहरीलाई भिडाएर फोहोर विसर्जन गर्नु बालेनको नियती बनेको छ । यसलाई बालेनको असफलतामात्रै नभएर सबै जिम्मा बालेनकै थाप्लोमा छोड्नुको परिणामका रुपमा समेत बुझ्न सकिन्छ ।


प्रतिक्रिया