Breaking

सुरु भयो प्रिमियर लिग : पहिलो खेलमा आर्सनलको जित


काठमाडौँ – इंग्लिस प्रिमियर लिग (ईपीएल) को नयाँ संस्करण सुरु भएको छ ।

नयाँ संस्करणको पहिलो खेलमा शुक्रबार राति आर्सनललले क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

शुक्रबारको खेलमा आर्सनललाई जित दिलाउने क्रममा खेलको २० औं मिनेटमा ग्राबियल मार्टिनेलीले एक गोल गरेका थिए भने खेलको ८५ औं मिनेटमा विपक्षी टोलीको तर्फबाट आत्मघाती गोल भएको थियो ।