Breaking

दक्षिण एसियामाहावीहुने नेपालप्रतियोगिताबाटै बाहिरिएर घर फर्कियो, दवदवाकायम राख्ने हो भने लगानीअत्यावश्यक


काठमाडौँ — नेपाली राष्ट्रिय यु २० पुरुष फुटबल टिम बिहीबार स्वदेश आइपुगेका छ । भारतको ओडिसास्थित कालिङ्गा रंगशालामाजारी साफ यु २० च्याम्पियनसिप खेलेर नेपाली टिम स्वदेश फर्किएको हो । २०१५ र १७मालगातार २ पटकको साफउमेर समूहविजेता रहिसकेको नेपाल यसपटकको प्रतियगितामाभने निराशहुनु परेको छ । यु२० साफच्याम्पियनसिपमा सहभागिभएर नेपालीयुवा टोलीबिहीबार खालीहात स्वदेश फर्केको छ ।

उपाधिहोडमा भारत र बंगलादेश बाधक बनेपछि नेपालको फाइनल खेल्ने सपना समाप्तभएको हो । दुई पटककोविजेताहुँदाभारत र बंगलादेशलाई नै पराजितगर्दै उपाधिउचालेको नेपालले यसपटक यीदुवै टोलीका विरुद्ध जितनिकाल्न सकेन । बंगलादेशविरुद्ध एक÷एकको बराबरी खेल्दाभारतका विरुद्ध ८–० को लज्जास्पदहार व्योहोर्याे ।

यहीहार र बराबरीले चौथो संस्करणको यो प्रतियोगिता नेपालकालागि सहभागितामामात्रै सीमित रह्यो । कुनै समय थियो जब दक्षिण एसियाको उमेर समूहमा नेपाल सबै राष्ट्रमाथि हावीहुने गथ्र्यो । भारतलगायतकाअन्य राष्ट्रलाई फाइनलमा नै पराजित गरेर उपाधिजितेको पनिइतिहास छ । तर, अहिले भारत साफभन्दा धेरै अघि बढिसकेको र साफलाई गन्नै छोडिसकेको छ ।

हालको युवा टोलीमाप्रशस्तक्षमता छ, यसमाकुनै शंका छैन । जुन नेपालले यसअघि खेलेको खेलले पनि देखाइसकेको छ । युवा टोलीमाअनुभव र पर्याप्तअभ्यास खेलको कमीभएको देखिन्छ । ठूलो प्रतियोगिताकालागि छोटो पूर्व तयारी गर्नु अखिल नेपाल फुटबल संघ एन्फाको पुरानै बानीहो । यहीबानी यो प्रतियोगितामापनि दोहोरिएको एन्फाआफै पनि स्वीकार्छ ।

प्रतियोगितामामाल्दिभ्सलाई ४–० को अन्तरले पराजितगर्दै राम्रो सुरुवात गरेको नेपालले आफ्नो दोस्रो खेलमापनिश्रीलंकालाई ३–० गोलले हार चखायो । तर, तेस्रो खेलमाभने नेपालभारतसँग ८–० को फराकिलो गोलले हार्न पुग्दाअन्तिम खेल बंगलादेशसँगबारबरीमा टुंगिएको थियो । प्रतिभाभएर पनिखालिहातफर्केका खेलाडीहरुलेआगामीदिनमा राम्रो गर्ने विश्वास व्यक्त गरे । यसमाएन्फाले खेलाडीको विश्वासलाई कायम राख्न फुटबलको गतिविधिलाई गतिशील गराउन जरुरी छ ।