काठमाडौँ — २८औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउने भएको छ । आदिवासी जनजातिसंघ संस्थाहरुले ‘२८औं विश्व आदिवासी दिवस मनाउने भएको हो । महासंघको संघीय कार्यालय भीमसेनगोलामा ‘२८औं विश्व आदिवासी दिवस–२०२२ मूल समारोह’ले पत्रकार सम्मेलन गर्दै यस वर्ष पनि विभिन्न कार्यक्रम गरेको विश्व आदिवासी दिवस मनाउन लागिएको जानकारी दिएको छ ।
महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले लामो समयसम्मको आन्दोलनका क्रममा पनि अधिकार सुनिश्चित हुन नसकेको भन्दै उत्सवको रुपमा मनाइने कार्यक्रममार्फत पनि अधिकार सुनिश्चिततका लागि राज्यलाई दबाब दिइने बताए । शेर्पाले भने– ‘हामी आदिवासी जनजाति समुदाय लामो समयदेखि आन्दोलनमा छौं । तर, हाम्रो अधिकार सुनश्चित भएको छैन ।
त्यसैले हामीले मनाउने उत्सवहरुमार्फत पनि हामी हाम्रो मागहरु राज्यलाई सुनाउन चाहन्छौं, देखाउन चाहन्छौं ।’ दिवसको अवसरमा यस वर्ष मूल समारोहको रुपमा महासंघले साउन २४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम गर्दैछ । महासंघका अनुसार उक्त कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिको रुपमा सहभागी हुने छन् ।


प्रतिक्रिया