कोरोना विशेष

पछिल्लो २४ घण्टामा ७ सय ६० जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु


काठमाडौँ — पछिल्लो २४ घण्टामा ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ९ सय २६ जनामा गरिएको कोरोना परीक्षणमध्ये पिसिआरमार्फत २ हजार ५ सय ८९ र एन्टिजेनमार्फत ३ हजार ३ सय ३७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज मात्र ३ सय २४ जना कोरोना मुक्त भएका छन् । यो अवधिमा ४७ हजार ३ सय ४१ जनाले खोप लगाएका छन्। हालसम्म ५ हजार ६ सय ०२ जना संक्रिय संक्रमित रहेका छन्। बितेको २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।