काठमाडौँ – पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको नारायणगढ मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका २९ केराबारी मौरीखोलामा गएराति पुनः पहिरो खसेपछि सवारी आवगमन अवरुद्ध भएको हो ।
पहिरोका कारण गएराति साढे दुई २ बजेदेखि सवारी आवगमन पूर्ण रुपमा प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ ।
मौरीखोलामा गत सोमवार राती खसेको पहिरो २३ घण्टा पछि खुलाइएको थियो । वर्षाको कारण सोही ठाउँमा पुनः पहिरो खस्दा आवगमन बन्द भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यता, धादिङको निमार्णाधीन सुरुङमार्ग नजिकै खसेको पहिरो पन्छ्याइएको छ । जसका कारण सवारी साधनलाई एक लेनमा आलोपालो चलाइएको छ । पहिरो झर्ने क्रम नरोकिएकाले दुईतर्फी सडक खुलाउन समस्या भइरहेको धादिङ प्रहरीले जनाएको छ ।


प्रतिक्रिया