Breaking

भारतसँगको फराकिलो हारमा खेलाडीलाई दोष नदिनुहोला गल्ती मेरो हो: प्रशिक्षक केसी


काठमाडौँ — भारतसँगको फराकिलो हार पछि नेपाली टिमका प्रमुख प्रशिक्षक मेघराज केसीले दु:ख व्यक्त गरेका छन् । टिमलाई सपोर्ट गर्नु भएकोमा सबै जनालई धन्यवाद, उनले सामाजिक सञ्जालमा लेखेका छन्, खेलाडीमा अनुभवको कमी छ, तर उनीहरू प्रतिभाशाली छन् ।

उनले अघि लेखेका छन्, आज हजुरहरूलाई खुसी दिन नसकेकोमा धेरै दुस्खी छौं ।उनले हारको दोष खेलाडीलाई नदिन पनि भनेका छन् । खेलाडी र एन्फालाई दोष नदिनुहोला । यो मेरो गल्ती हो उनको भनाइ छ, अर्को खेलका लागि दुई दिनको समय छ । मेरो फाइदाका लागि फुटबल डुबाउन सक्दिन । धन्यवाद