खेलकुद

महिला युरोकप २०२२ को उपाधि इंग्ल्यान्डलाई


काठमाडौँ — घरेलु टोली इंग्ल्यान्डले महिला युरोकप २०२२ को उपाधि जितेको छ । वेम्बलीमा आइतबार राति भएको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २-१ गोल अन्तरमा हराउँदै इङ्ल्याण्डले उपाधि रक्षा गरेको हो । इंग्ल्यान्डलाई जिताउन इला टोनी र च्लोए केलीले एक-एक गोल गरे। जर्मनीका लिना मागुलले एक गोल गरिन् ।

अत्यन्तै रोमान्चक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। खेलको ६२ औं मिनेटमा टोनीले गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाइन् । तर,७९ औं मिनेटमा लिनाले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा ल्याईन् । त्यसपछि निर्धारित ९० मिनेटसम्म गोल नभएपछि खेल १-१ गोलको बराबरीमा सकियो ।

अतिरिक्त समयमा इंग्ल्यान्डकी केलीले निर्णायक गोल गरिन् । केलीले खेलको ११० औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई २-१ को जित दिलाईन् । क्वार्टरफाइनलमा स्पेनलाई निराश पारेको इङल्यान्डले सेमिफाइनलमा स्विडेनमाथि ४(० को जित निकालेको थियो ।

यो जितसँगै इंग्ल्यान्डले पहिलो पटक महिला युरोकपको उपाधि जितेको छ । महिला युरोको इतिहासमा तेस्रोपटक फाइनलमा प्रवेश गरेको इंग्ल्यान्डले पहिलोपटक उपाधि जितेको हो । यसअघि इंग्ल्यान्ड सन् १९८४ र २००९ मा फाइनल प्रवेश गरेको थियो ।