Breaking

महँगीविरूद्ध राप्रपाको विरोध

योहो संवाददाता

काठमाडौँ — राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महँगीविरूद्ध आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । महँगीले नेपालीहरूको भान्सा महँगो भएर थेग्न नसक्ने अवस्थामा पुगेकोले विरोध गरिएको उक्त संगठनले जनाएको छ ।

महँगीविरूद्ध चुप लागेर नबस्न र जनता ब्युँझाउन प्रजातान्त्रिक महिला संगठनले थाल ठटाएर विरोध गरेका हुन् । राप्रपाले पछिल्लो समय महँगी, भ्रष्टाचारविरूद्ध सडकमा आन्दोलन गर्दै आएको छ ।