देश

वर्तमान निर्वाचन प्रणालीले गणतन्त्रनै खतरामा पर्ने देखिन्छ : प्रचण्ड

योहो संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान निर्वाचन प्रणालीले गणतन्त्र नै खतरामा पर्ने बताउनुभएको छ । स्वर्गीय नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले खर्चिलो चुनावले समस्यामा पार्ने बताउनुभएको हो ।

गाउँपालिकामा १० करोड खर्च गरेर चुनाव जितियो भन्ने सुनिएको भन्दै प्रचण्डले यही प्रणालीमा संघको चुनाव जित्न अर्बौं रकम चाहिने स्थिति आएको बताउनुभयो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र भए पनि निर्वाचन प्रणालीका कारण जनताले अनुभूति गर्न नपाएको प्रचण्डको तर्क छ । राजनीतिक परिवर्तन गर्ने शक्ति बलियो नहुँदा उत्पीडित वर्गले न्याय पाउन मुस्किल भएको र देशमा समस्या सिर्जना भएको प्रचण्डको दाबी छ ।