Breaking

युक्रेनको अन्न निर्यातमा अवरोध, दशौँ लाख मानिसको जीवन जोखिममा

योहो संवाददाता

काठमाडौँ — युक्रेन र रुस बिच खाद्यान्ननिर्यात सम्बन्धी महत्वपूर्ण सम्झौता भएपनि हस्ताक्षर भएको केही घण्टामै क्षेप्यास्त्र आक्रमण भएपछि उक्त सम्झौता अलपत्र परेको छ । रुसले विश्वव्यापी खाद्य संकट झन् खराब बनाएको भन्दैसन्धि प्रतिबद्धताप्रति गम्भीर अविश्वास पैदा भएकोयुक्रेनले आरोप लगाएको छ । रुस र युक्रेनबीचको जारी युद्धका कारण यतिबेलाविश्वभरखाद्य संकट चुलिदै गएको छ ।

फलस्वरुप युक्रेन र रुस बिच खाध्यान्यनिर्यात सम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको थियो । तर हस्ताक्षर भएको केही घण्टामै क्षेप्यास्त्र आक्रमण भएपछि उक्त सम्झौताअलपत्र परेको छ।मस्कोले भने उक्त आक्रमणबारे प्रतिक्रिया जनाएको छैन् । रुसले सम्झौता उल्लङ्घन गरिएको भएपनि खाद्यान्न निर्यात जारी राख्ने तयारी भइरहेको युक्रेनले जनाएको छ।तर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त घटनाले सम्झौता परिपालन नगर्ने चित्रण गरेको भन्दै मस्कोमाथि विश्वास गर्न नसकिने बताएकाछन्।

युक्रेन विश्वकै चौथो प्रमुख अन्न निर्यातकर्ता हो, तर युद्धका कारण २ करोड टन अन्न बन्दरगाहहरूमा फसिरहेको छ ।उता, युक्रेन र रुसमाथि गहुँका लागि निर्भर रहेको अफ्रिकामा उच्च मूल्यवृद्धि भएको छ।शुक्रवार भएको सम्झौता अनुसार अन्ननिर्यात गर्ने बेलामा रुसले बन्दरगाहहरूलाई निशाना नबनाउने सहमति भएको थियो । हस्ताक्षर भएको केही घण्टामै दुई वटा कालिबर क्षेप्यास्त्र ओडेसा बन्दरगाहमा खसेको युक्रेनी सेनाको दक्षिणी कमान्ड केन्द्रले जनाएको छ । क्षेप्यास्त्रहरू हवाई प्रतिरक्षा प्रणालीले खसालेर निष्फल तुल्याइदिएको बताईएको छ।आक्रमणले ठूलो क्षतिनभएपनिउक्त आक्रमणको चौतर्फी आलोचनाभएको छ।

अमेरिकीविदेश मन्त्री एन्टोनीब्लिङ्कनले रुसले विश्वव्यापी खाद्य संकट झन् खराब बनाएको भन्दै रुसको सन्धि प्रतिबद्धताप्रति गम्भीर अविश्वास पैदा भएको ररुसले आक्रमण बन्द गरेर अन्ननिर्यात सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । युक्रेनको अन्ननिर्यातमाअवरोध हुँदादशौँ लाखको जीवन जोखीममा परेको छ । रुसले किभ र मस्कोबीच भएको सम्झौतामा बन्दरगाहहरूमा फसेको करोडौँ टन खाद्यान्न निर्यात सम्बन्धी सम्झौता भएपछि संयुक्त राष्ट्र संघले त्यसलाई आशाको किरण पनिभनेको थियो ।

तर राष्ट्र संघको यो आशाआशामै सिमितभएको छ । १२० दिनका लागि भनिएको सम्झौतामा दुवै देश सहमत भए समयावधि लम्ब्याउन सकिने र इस्तानबुलमा केन्द्र स्थापना गरेर राष्ट्र सङ्घ, टर्की, रुसी र युक्रेनीअधिकारीहरू कर्मचारी रहने व्यवस्थासमेत गरिएको थियो । तर रुसले सम्झौताभएको दोस्रो दिन नै बन्दरगाहमा आक्रमण गरेर युक्रेनसहितविश्वलाई सशंकितबनाएको छ । अन्ननिर्यात हुने ठाउँलाई निशानाबनाइनु सम्झौताको बर्खिलाभ भएको विश्वका नेताहरुको आरोप छ ।