Uncategorized

तीस राउन्ड फायरिङ गरी पञ्जाबी गायक सिद्धूको हत्या


काठमाडौँ — पञ्जाबको मानसामा पञ्जाबी गायक तथा कांग्रेस नेता सिद्धू मुसेवालामाथि गोली प्रहार गरी हत्या गरिएको छ ।

मानसाका सिभिल सर्जन डा रञ्जित सिंहले बीबीसीसँगको कुराकानीमा भने, ‘सिद्धू मुसेवालासमेत तीनजनालाई अस्पताल लगिएको थियो । सिद्धू मुसेवालाको अस्पताल ल्याउनु अघि नै मृत्यु भइसकेको थियो । अन्य घाइतेलाई पटियालाको राजिन्द्र अस्पताल रेफर गरिएको छ ।

सिद्धू मुसेवालाको शरीरमा चारदेखि पाँचवटा गोलीका निशान देखिएको छ । उनलाई छाती र तिघ्रामा गोली लागेको छ ।’ बठिन्डा रेन्जका आइजी शिव कुमार वर्माले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएका छन् । एजेन्सी