काठमाडौँ — प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिनको सम्झनामा हरेक वर्ष वैशाख २६ गते विविध कार्यक्रम गरी कानुन दिवस मनाउने गरिन्छ ।सोही अवसरमा आज सर्वोच्च अदालतले एक कार्यक्रमको आयोजना गरी कानुन दिवस मनाएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनलगायतको उपस्थिति थियो ।
कानुन दिवसको अवसरमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले स्वतन्त्र न्यायापालिकाको मान्यता, संवैधानिक सर्वोच्चता, विधिको शासनलगायतका कुरामा प्रतिवद्धता जनाएका थिए ।


प्रतिक्रिया