देश

चार वर्षीय बालिका अपहरण गरि फिरौती रकम माग्ने पाँचजना पक्राउ


काठमाडौँ – धनुषामा बालिका अपहरण गरी फिरौती रकम मागेको आरोपमा पाँचजना पक्राउ परेका छन् । शुक्रबार साँझ विदेह नगरपालिका ८ बफैयबाट बालिकाको उद्धार गरी घटनामा संलग्नको आरोपमा पाँच जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार साँझ जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचौकबाट ध्रुव मण्डलकी चार वर्षीया छोरी अपहरणमा परेकी थिइन् । उनको अपहरण आरोपमा कमला नगरपालिका ८ का गंगाप्रसाद दासका छोरा अभिषेक दाससहित पाँच जना पक्राउ परेको धनुषाका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालिकाको बुवा जनकपुर पुलचोकस्थित डेरा गरी पूरा परिवारसँगै बस्दै आएका छन् । सोही घरमा भाडा लिएर बस्दै गरेका अभिषेक दासले बालिका विद्यालयबाट आएपछि अपहरण गरी लगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनले बालिकाको परिवारसँग १५ लाख मागेको प्रहरीले जनाएको छ ।

बालिकाको मेडिकल जाँचपछि आजै परिवारलाई जिम्मा लगाउने प्रहरीको तयारी छ ।