Breaking

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै

योहो संवाददाता

काठमाडौँ — नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ ।

कार्की बैंक्वेट बबरमहलमा आज बिहान ११ बजे बैठक बोलाइएको केन्द्रीय कार्यलय सचिव डा. भीष्म अधिकारीले जनाकारी दिए । बैठक आज र भोलि चल्नेछ ।

बैठकमा बैठकमा सातैवटा प्रदेशका अध्यक्षहरूले पार्टीको वर्तमान अवस्था, स्थानीय तहमा हालको स्थिति र सम्भावित अवस्थाका बारेमा रिपोर्टिङ गर्ने तयारी छ । यसैगरी चुनावी घोषणापत्र, उमेदवार चयनका मापदण्डलगायत विषयमा पनि छलफल गरिने छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् ।