काठमाडौँ — शेर्पा संमरक्षण समाज नेपालको लोसार कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ ।
महायान बौद्ध धर्मावलम्बीको नयाँ वर्ष २१४९औं छु फो ताग लो ग्याल्पो लोसारको अवसरमा शेर्पा संमरक्षण समाज नेपालले लोसार कार्यक्रम आयोजना गरेका हुन् ।

फागुन २८ गते कपनस्थित मिलनचोक पार्टि प्यालेसमा लोसार कार्यक्रम आयोजना गरिएको हो । अघिल्लो बर्ष कोरोना भाइरसका कारण लोसार कार्यक्रम गर्न नसके पनि यस वर्ष भने भव्यतकासाथ सम्पन्न भएको समाजका कोषअध्क्ष ग्याम्जु शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाका अनुसार ताप्लेजुङ संखुवासभा काठमाडौं लगायतका शेर्पा समुदाय र अन्य समुदायसंगै ३०० भन्दा माथी उपस्थिति रहेको जानकारी दिएका छन् । उहाँका अनुसार लोसार शुभकामना आदान–प्रदान, सम्मान कार्यक्रम, र साँस्कृतिक, कार्यक्रम समेत रहेको बताउनुभयो । यो समाजले लोसारको अबसरमा कार्यक्रमहरु गर्दै आएका छन् ।
यस वर्ष फागुन १९ गते लोसार सुरु भएको छ । यो दिन सबेरै उठेर नुहाइधुवाइ गरी नयाँ लुगा लगाएर कुवा धारामा गई नागको पूजा गरिन्छ । धारामा घिउको टिका लगाई खप्से, खाँदा, फलफुल धुपबत्ती चढाई ढोगेर नाग देवतालाई खुसी पारिन्छ ।
यसपछि पानी मागेर ल्याई घरको पूजा कोठामा अर्थात् छोसुम त्रिरत्नलाई पूजा गर्न बनाइएको स्थानमा भगवान् बुद्ध वा कुल देवताहरूलाई खुशी बनाई शुद्ध पानी खप्सेलगायत चढाएर ‘टाशी मोलम’ अर्थात् मंगलवाचन गर्दै नयाँ वर्ष लोसार शान्तिमय वातावरणमा बितोस् भनी पूजा–आराधना गरिन्छ । पूजापाठ सकिएपछि लोसारमा बनाइएको परिकार चिया, खप्से, छ्याङगुल, छिमार डेसिल खाँदै लोसारको शुभकामना आदान–प्रदान गरिन्छ । विशेष गरेर यो दिन आ–आफ्ना गुरुकोमा गएर आशिर्वाद ग्रहण गर्दै आफ्नो घर परिवारभित्र रमाइलो गरी बिताइन्छ ।
लोसारको दोस्रो दिन
लोसारको दोस्रो दिन यस वर्षको २० गतेदेखि आ–आफ्ना आमाबुबा, मान्यजन, दाजुभाइ दिदीबहिनी, इष्टमित्र, छरछिमेकसँग रमाइलो वातावरणमा लोसार मनाउने, भोजभतेरमा सहभागी हुने क्रमको सुरुवात हुन्छ । यो क्रम लोसारको दिनदेखि १५ दिनसम्म चलिरहन्छ । लोसारको तेस्रो दिन छेवा सुम यो वर्ष फागुनको २१ गते गाउँ बस्तीमा सबैजना जम्मा भएर नजिकैको गुम्बा अथवा पवित्र स्थानमा गई ‘यो वर्षको बालीनाली राम्रो होस्, झै–झगडा नहोस् प्राकृतिक विपत्ति नआओस्’ भनेर प्रार्थना गर्ने चलन छ ।

खासगरी काठमाडौँ उपत्यकामा बसोबास गर्ने शेर्पाहरू शेर्पा केन्द्रमा भेला भई पूजामा सहभागी हुन्छन् । यसका लागि करिब २र३ महिना अगाडिदेखि एक समूह बनाई ल्हप्सो पूजाको तयारी गरिन्छ । यस्तो समूह ल्हप्सो पूजा सकेकै दिन अर्को सालका लागि गठन गरिन्छ, जसलाई ल्हप्सो आयोजक समिति भनिन्छ ।
जुन समितिले निमन्त्रणा कार्ड छापी शेर्पाहरूको घरघरमा लोसारको शुभकामना अर्थात् निमन्त्रणा वितरण गर्दै आ–आफ्नो गच्छेअनुसार ल्हप्सो पूजा सम्पन्न गर्न आर्थिक सहयोग संकलन गर्छन् । यसरी संकलित रकमले ल्हप्सो पूजामा आउने सबैको लागि चिया, डेसिल, खप्से, पेय पदार्थ आदिको व्यवस्था गरिन्छ । ल्हप्सो पूजामा आउने सबै शेर्पा प्रायः आफ्नै मौलिक पोशाकमा सजिएर आउने गर्छन् ।
दशौँ दिन यस वर्ष फागुन २८ गते दिन गुरु रिन्पोछेको तिथिमा दानपुण्य गर्ने र पन्ध्रौँ दिनमा यो वर्षको फागुन ३ गते भगवात बुद्धले रिद्धि–शक्ति प्राप्ति गरेको दिन रहेकाले हर्षोल्लासपूर्वक लोसार मनाउने परम्परा रहेको छ ।


प्रतिक्रिया