Breaking

यसरी तयारी गर्छन् गगन थापाले आफ्नो भाषण


काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार प्रखर वक्ता मानिन्छन् । गगन आफ्ना कुरा प्रष्ट ढंगले राख्छन् । स्पष्ट बोली र प्रष्ट तर्कले सबैलाई लठ्ठ पार्ने खुबी उनीसँग छ ।

राजनीतिमा उनको उदय हुनुको एउटा कारण उनको भाषणकला पनि हो । त्योसँगै उनले दोस्रो जनआन्दोलनमा देखाएको जुझारुपन समेत उनको उदयसँग जोडिएको छ । उनले गर्ने भाषण तर्कमा मात्रै सिमित हुँदैन। तर्क समेत उति नै दमदार हुन्छ । तर्क र तथ्यमा टेकेर गर्ने भाषण कतिपय अवस्थामा कम्युस्टिहरुलाई टाउको दुःखाइ नै बन्ने गरेको छ ।

सडक होस् वा सदन गगनको एक भाषणले नै विरोधीहरुको मुख बन्द हुन्छ । कुनै पनि कार्यक्रममा बोल्नु अघि उनले कडा मेहनत गरेर विषयवस्तुकोअ अध्ययन गर्छन् । त्योसँग सम्बन्धित तथ्यको खोजी गर्छन् र त्यसको विश्लेषण गर्छन् ।

कोरा भाषणमा भन्दा तथ्य र तर्कमा अडेका भाषण हजार गुणा पावरफूल हुने उनले बुझेका छन् । भाषण गर्नु अघि उनलाई सचिवालयले सघाउँछ। तथ्य र तथ्यांकको खोजी र अध्ययनको पाटो उनको सचिवालयले गरिदिन्छ । त्यसको राम्रो अध्ययन र विश्लेषण गरेर मात्रै उनी भाषण गर्छन् ।

सचिवालयले गर्ने मेहनत बाहेक थापा आफैं पनि कडा मेहनत गर्ने गरेका छन् । राजनीतिक अध्येता शंकर तिवारीले थापाको एउटा तस्विर ट्वीटरमा सार्वजनिक गरेका छन् । जहाजमा यात्रा गरिरहेका थापा मोबाइल र डायरीमा व्यस्त देखिन्छन् । थापाले प्रविधिको प्रयोग गरेर भाषणको तयारी गरिरहेको तस्विरमा देख्न सकिन्छ ।

तस्विर सहित ट्वीट गर्दै तिवारीले लेखेका छन्, ‘नेपाली कांग्रेसका महामन्त्री गगन थापा भरतपुर उडानका क्रममा आफ्नो भाषणको नोट तयारी गर्दै ।’