Breaking

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु


काठमाडौँ — ईच्छाकामना गाउँपालिका(२ रमाइलो डाँडामा मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका मोटरसाइकल चालक ३४ वर्षीय रविन गुरुङ‚ पछाडि सवार ३० वर्षीया तृप्ति गुरुङ र पाँच वर्षीय आर्यन गुरुङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय, टाँडीका प्रहरी निरीक्षक रोशन खड्काका शुक्रबार बेलुका पाँच बजे प्रदेश २–०३–००२ प ५९८६ मोटरसाइकल अनियन्त्रित भई डाँडाबाट करिब ५०० मिटर तल खसेको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

तृप्ति र आर्यन आमा छोरा भएको खुलेको छ । रविन आफन्त हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।