Breaking

ड्रागन खेतीमा रमाउँदै गरेका पूर्वमन्त्री विष्ट, भन्छन् : अब फोहोरी राजनीतिमा फर्किन्नँ

'????????????????????? ????????????????????? ???????????????????????? ?????????'

योहो संवाददाता

काठमाडौँ — पूर्वमन्त्री लोकेन्द्र विष्ट अहिलेका चल्तीका किसान हुन् । आफूलाई व्यावसायिक किसान भन्न रुचाउने विष्ट अहिले खेतीमा व्यस्त छन् ।

नेपालमा ड्रागन फलको व्यावसायिक खेती भित्र्याउनेमध्येका एक किसान हुन् विष्ट । अहिले विष्ट तेस्रो चरणको ड्रागन फलको पर्खाइमा छन् । दुई चरणको ड्रागनको फल भित्र्याएर उनले आम्दानी लिइसकेका छन् ।

विष्टले दाङमा आएर ड्रागन खेती गरेसँगै नयाँ अनुभव लिएका छन् । मन्त्री हुँदा जति उत्साह थियो, अहिले खेती–किसानी गर्दा पनि उत्तिकै रहेको विष्ट बताउँछन