Breaking

होला त नोटबन्दी ? के भन्छ राष्ट्र बैंक ? नेपालीलाई कस्तो असर पार्ला ? (भिडियो सहित )


काठमाडौँ — नेपालमा सामाजिक सञ्जाल मार्फत विभिन्न हल्लाहरु गरिने र सर्वसाधारणलाई आतंकित पार्ने काम भइनै रहन्छन् । यसैविचमा केहिदिन देखि ५ सय र एक हजार रुपैयाँका नोटमा नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाउँदैछ भन्ने हल्लाले बजार तताएको छ । के नेपालीले सुने जस्तै ठूला नोट अब नचल्ने नै हुन त ?

केही दिनदेखि नेपाली ५ सय र एक हजारका नोट नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाउँदै छ भन्ने हल्का भुसको आगो सरी फैलाइएको छ । यसले धेरैलाई अन्योलमा पारेको छ । त्यसो त भारतमा मोदी सरकारले यस प्रकृतिको प्रतिबन्ध आफ्नो देशमा लगाइसकेको छ । कालो धन नियन्त्रण गर्न प्रभावकारी मानिने यो कदम त्यति सहज भने छैन । नेपाल सरकारले कालान्तरमा यस प्रकारको कदम चाल्न त सक्छ तर त्यो कुराको सुइँको कसैले पनि पाउने छैन ।

विभिन्न राष्ट्रहरुले भ्रष्टाचार तथा कालोधन निर्मुल गर्न भन्दै नोटबन्दीको निर्णय गर्ने गरेका उदहारण छन् । २३ कात्तिक २०७३ मा भारत सरकारले एक्कासी ५०० र हजार दरमा नोट प्रतिबन्धित गर्ने निर्णय गरेको थियो । भारतमा नोट बन्दी हुँदा केबल ३ जनालाई मात्र थाहा थियो । कालो धन नियन्त्रण गर्न भन्दै छिमेकी भारतले गरेको नोटबन्दीको यो निर्णयले नेपाल सरकारलाई भने अहिलेसम्म पिरोलेको छ ।

७ करोड रुपैयाँ भारु नसाटिएर अहिले पनि केन्द्रीय बैंकको ढुकुटीमा थन्किएको छ । त्यस्तै, अहिले लगानी योग्य रकम अभाव भएको र कतै कालोधन लुकाइएको छ कि भन्ने आशंकामा ठुला नोट नचल्ने विषय सामाजिक सञ्जालमा चर्चा गरिएको हुनसक्ने आंकलन गरिएको छ । नेपालमा नोटबन्दी हुने भन्दै हल्ला कसले कहाँबाट कसरी चलायो भन्ने प्रष्ट छैन । यता, नेपाल राष्ट्र बैंकले यस विषयमा कहीं कतै छलफल समेत नभएको बताउँदै यो विषय जानकारी गराएर गर्ने कुरा समेत नभएको बताएको छ । साथै उसले यस्ता हल्ला बाट अतालिनु भन्दा आफु सँग भएको रकम बैंक खातामा जम्मा गरे सुरक्षित भइने प्रतिक्रया दिएको छ ।

नोटबन्दी गर्नुपर्ने विषयमा विज्ञ भने सकारात्क छन् । भ्रष्टाचार नियन्त्रण र कालो धन बैंकीङ् प्रणालीमा ल्याउन नोट बन्दी अत्यावस्यक भएको उनीहरुको भनाई छ । साथै डिजिटल युगमा क्यासलेसको कुरा चलिरहदा नोट बन्दी प्रभावकारि हुने बिज्ञको तर्क छ । विश्वको इतिहाँसमा भारत पछि कतार सरकारले पनि १ जुलाई २०२१ देखि चौथो संस्करणका बैंक नोटहरु चलनचल्तीबाट हटाउने निर्णय गरेको थियो । त्यसअघि म्यानमार सरकारले नोटबन्दी गरेको थियो । तर, धेरैजसो देशमा यसले चर्चा गरिएजस्तो नतिजा भने दिएको छैन । यसमा नेपाल सरकारले कस्तो निर्णय गर्ला त्यो समय ले बताउला तर, सामाजिक संजालमा चलेको हल्ला अनुरुप सरकारले निर्णय भने पक्कै लिने छैन । सरकारले नोट बन्दीको कुरामा एका एक हल्ला नगरी निर्णय लिने कुरामा दुईमत छैन ।

भिडियो