Breaking

ओली–माधवको अश्लिल हर्कत, एकअर्काप्रति सुन्नै नसक्ने गालीगलौज


काठमाडौँ – राजनीतिक दलका नेताहरुबीच राष्ट्रिय मुद्धामा सहमति/असहमति हुनसक्छ ।उनीहरुले त्यसको खरो वकालत पनि गर्न सक्छन् । किनकि त्यसमा चर्काे बहस चलाएर निकास दिने काम पनि उनीहरुकै हो । तर पछिल्लो समय निकै तल्लोस्तरमा गिर्दै दलका नेताहरुले राजनीतिमा अश्लिलता फैलाउने गरेका छन् ।

नेकपा एकीकृत समाजवादीको अध्यक्ष रहेका माधवकुमार नेपाल सत्ता सञ्चालक मध्येका एक प्रमुख दलका प्रमुख पात्र हुन् । तर उनले विपक्षी दलको नेतालाई निशाना बनाएर प्रयोग गरेका शब्दहरु सुन्दा कान ठाडो बनाएर होइन, कान थुनेर भाग्नु पर्ने अवस्था आउन सक्छ ।

माधवकुमार नेपालले यी शब्दहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि खर्चिएका हुन् । उनले एमाले अध्यक्ष ओली मानसिक रुपमा रोगी भएको, मतलब सोझो भाषामा भन्नुपर्दा ओलीको दिमागले काम गर्दैन अब डाक्टरलाई उपचार गराउनुपर्छ सम्म भन्न भ्याए । यसलाई पनि अझ सजिलो तरिकाले बुझ्ने गरि भन्नुपर्दा ओली बौलाहएको प्रमाणित गर्न नेपालले यी शब्दहरु प्रयोग गरेका हुन् ।

एउटै पार्टीमा रहेर बर्षाै बर्षसम्म सँगैसँगै हिडेका, सँगै सुख–दुःख भोगेका, तर अन्तिममा दुई व्यक्तिको स्वार्थ बाँझिएपछि पार्टीमा टकराव चलाएका र पार्टी विभाजित भएपछि उनीहरु अहिले यो अवस्थामा छन् । र नेपाललाई यो सब हर्कत देखाउन बाध्य पार्ने उनै एमाले अध्यक्ष ओली हुन् । आफुलाई कसैले तिमि भनेर सम्बोधन गर्दा रोइकराइ गर्ने र अरुलाई जे पनि भन्न पछि नपर्ने अजिबका पात्र ओलीले माधवकुमार नेपाललाई समेत खेद्नुसम्म खेदेका छन् ।

यी दुबैले शुक्रबार मात्रै फरक फरक मञ्चमा एक अर्काेलाई निशाना बनाएर यो सब भन्न भ्याएका हुन् । यसअघि पनि उनीहरु यसैगरि एकअर्काेलाई सम्मान/अपमान गर्दै आएका छन् ।पार्टी नै विभाजित भएपछि अलग–अलग मानो खाएर छुट्टिएका उनीहरु अझै पनि कुन उद्देश्यका साथ यो गरिरहेका छन् बुझ्न कठिन छ ।

यसअघि जाली, फटाह, बद्मास, पाखण्डी, गद्दार, मानसिक रोगी,देशदोह्री रराष्ट्रघातीभन्दै गालीगलौज गर्ने उनीहरु अन्तिममा बौलाहा नै भन्नेसम्मको तहमा आएका छन् ।

सार्वजनिक गर्नै मूस्किल पर्ने र सुन्दा पनि सार्वजनिक तरिकाले सुन्न नमिल्ने बरु कोठाको चुकुल लगाएरमात्रै सुन्न सकिने शब्दहरु पार्टीको नेतृत्व गर्ने, समाजको नेतृत्व गर्ने अझ देशको समेत नेतृत्व गरेका व्यक्तिबाट सुन्दा ताजुव लाएर आउन सक्छ ।

तर पनि यीनै व्यक्ति बर्षौबर्ष नेपाली राजनीतिमा विकल्पहिन छन् । अझ देउता नै सम्झिएर फुलमाला चढाउने भक्तरुपी कार्यकर्ताको जयजयकारले उनीहरुको हौसला बढीरहेको छ ।