Breaking

मृत्यु शून्यमा झर्दा २२४ जनामा कोरोना पुष्टि


काठमाडौ– पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३६ पीसीआर परीक्षणमा ६८ जना र ३ हजार १५६ एन्टिजेन परीक्षणमा १५६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा २५१ जना संक्रमणमुक्त भएका छन् ।