Breaking

फ्रान्सेली प्रतिनिधि मण्डलल र प्रधानमन्त्री देउवा बिच भेटवार्ता


काठमाडौँ — फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको प्रतिनिधि मण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरेको हो ।

नेपाल–फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा आएको प्रतिनिधि मण्डलमा समूहका उपाध्यक्षद्वय निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर छन् । उनीहरूबीच द्विपक्षीय सम्बन्ध र विभिन्न बहुपक्षीय मञ्चमा भएको सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।