Breaking

सुसाइड नोटको त्यो क्लू : जसले खोल्यो रामकोट घटनाको रहस्य, सहकारीको टर्चर मुख्यकारण ! (भिडियोसहित)


काठमाडौँ — काठमाडौँको रामकोटमा एकै परिवारका ५ जनाले एकसाथ विष पिएको घटनामा गोरखा फाइनान्स जोडिएको छ । गोरखा फाइनान्सले झुटो आरोप लगाउँदै मुद्दा दर्ता गरेपछि आत्महत्याको निर्णय लिएको प्रधान परिवारले लेखेको सुसाइड नोटमा उल्लेख छ ।

विष पिएकामध्ये ३५ वर्षीया मन्दिरा प्रधान गोरखा फाइनान्समा काम गर्थिन् । तर उनलाई आर्थिक हिनामिना आरोप लगाउँदै फाइनान्सले केही महिना अगाडि जागिरबाट निकालेको थियो ।

जागिरबाट निकालिसकेपछि उनीविरुद्ध जनसेवा प्रहरी वृत्तमा उजुरी समेत हालिएको थियो । वृत्तका डीएसपी डिलबहादुर मल्लले करिब ७ लाख रुपैयाँ हिनामिना आरोप लगाउँदै फाइनान्सले मन्दिराविरुद्ध उजुरी हालेको बताए ।

प्रहरीले त्यही जाहेरीका आधारमा मन्दिरालाई गत शुक्रबार पक्राउ गरेको थियो। तर उनलाई त्यही साँझ मन्दिराका जेठाजु कुमारमान प्रधानको रोहबरमा छाडिएको थियो ।

मन्दिराले भने आफन्तसँग तीन(चार लाख रुपैयाँ मात्रै हराएको बताएकी थिइन्। तर फाइनान्सले अरु पनि रकम हिनामिना गरेको आरोप लगाएको प्रहरीले जनाएको छ ।

यो परिवारले विष पिउनुअघि सुसाइड नोट लेखेको भेटिएको छ। सुसाइड नोटमा भीम प्रधान र मन्दिराले हस्ताक्षर गरेका छन् । भीमकी आमा ६२ वर्षीया इन्दिराले औँठाछाप हानेको भेटिएको छ। सुसाइड नोटमा फाइनान्सका ५(६ जना कर्मचारीको परिचय र मोवाइल नम्बर पनि उल्लेख छ ।