काठमाडौँ — नेकपा (एमाले) ले पार्टी पंक्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ ।
बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्देशन दिएको हो । त्यस्तै एमालेले आगामी माघ २८ गतेलाई तोकेको प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचन पछिमात्रै गर्ने भएको छ । बाँकी रहेका जिल्ला अधिवेशनहरू भने निर्वाचनअघि नै गर्ने निर्णय एमालेले गरेको छ ।


प्रतिक्रिया