राजनीति

एमाले केन्द्रीय सचिवालय बैठक भक्तपुरमा सुरु


काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बुधबार दिउँसो भक्तपुरमा सुरु भएको छ । बुधबार दिउँसो साढे १ बजेदेखि भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक सुरु भएको हो ।

एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले स्थानीय तह निर्वाचन तयारी र राष्ट्रियसभाको हालै सम्पन्न निर्वाचन समीक्षाबारे पनि छलफल गर्ने बताएका छन् ।

बैठकले पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिकालाई अन्तिम रुप दिने भएको छ। विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशबारे पनि छलफल गर्ने तयारी छ । यसअघि महासचिव शंकर पोखरेल नेतृत्वक एमाले केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको थियो ।

एमालेमा अहिले अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्षहरू ६,उपमहासचिव ३ र सचिव ७ गरी १९ जनाको सचिवालय छ ।