राजनीति

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल 


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको छ ।

बुधबार बिहान सत्ता गठबन्धनमा रहेका तीन शीर्ष नेताबीच १ घण्टा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । तीन नेताबीच स्थानीय तहको निर्वाचन, एमसीसीको विषयमा छलफल भएको हो । बुधबार नै गृहमन्त्री बालकृष्ण खाणले नेता नेपाललाई उनकै निवास कोटेश्वर पुगेर भेटेका थिए।

मंगलबार प्रधानमन्त्री देउवाले दूतका रुपमा नेताहरु पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्कीलाई खुमलटार पठाएर छलफल गराएका थिए । मंगलबार खड्का र कार्कीसँगको संवादपछि प्रचण्डले देउवासँग संवादका लागि बालुवाटार जाने निर्णय लिएका थिए।