देश

आयल निगमको निर्देशकका लागि १७ जनाको आवेदन


काठमाडौँ – नेपाल आयल निगमको कार्यकारी निर्देशक का लागि १७ जनाको आवेदन परेको छ ।

रिक्त रहेको निगमको एमडीका लागि आवेदन दिने अन्तिम दिन माघ १६ गतेसम्म तोकिएको थियो । तोकिएको अवधिमा १७ जनाको आवेदन परेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको सूचना अनुसार एमडीका लागि जीवनप्रकाश सिटौला, विष्णुवावु मिश्र, हरिभक्त शाही, प्राध्यापक डा लक्ष्मण पौडेल, लोक बहादुर खड्का, लोकराज पाठक, कृष्ण प्रसाद यादव, तारानाथ पौडेल र चित्तरन्जन दासको आवेदन परेको छ ।

यस्तै, रामदेव यादव, चण्डिका प्रसाद भट्ट, उमेश प्रसाद थानी, पंकजकुमार दास, हरिवशं आचार्य, आनन्दप्रसाद चन्द, भुपेन्द्र प्रसाद अर्याल, सन्जय कुमारको आवेदन परेको मन्त्रालयले जनाएको छ ।