देश

मध्यपश्चिम विश्वविद्यालयले पनि गर्याे परीक्षा स्थगित


मध्यपश्चिम विश्वविद्यालयले पनि गर्याे परीक्षा स्थगित
काठमाडौँ – मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले अर्को सूचना जारी नभएसम्म परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ । परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ ।

यही माघ २ गतेदेखि इञ्जिनियरिङ सङ्कायअन्तर्गत स्नातक तह प्रथम सेमेस्टरको परीक्षा चलिरहेको थियोे ।

स्थगन गरिएका परीक्षाका कार्यक्रम कम्तीमा सात दिनको सूचना दिइ पुनः प्रकाशन गरिने परीक्षा व्यवस्थापन प्रमुख डा.आनन्दप्रसाद सुवेदीले जनकारी दिएको छ । यसअघि त्रिभूवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयले परीक्षा स्थगित गरिसकेको छ ।