देश

त्रिभुवन विश्वविद्यालयद्वारा सबै परीक्षा स्थगित


काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना त्रासकाबीच सरकारको निर्देशन अवज्ञा गर्दै परीक्षा चलाएको भनेर चर्को आलोचना भएपछि परिक्षा स्थगित भएको हो । परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी रुपमा परिक्षा स्थगित गर्न माग भएको थियो ।